सत्र – एक

बाल न्यायको अवधारणा
र नेपालमा यसको अवस्था

बाल न्याय प्रणाली एवम् बाल अधिकार सम्बन्धमा सरोकार राख्ने वा यस विषयमा स्थानिय तहमा काम गर्ने दक्ष एवम् सक्षम जनशक्तिको कमि भएको महसुस गरिएकोले बाल न्याय प्रणाली एवम् बाल अधिकार सम्बन्धमा सरोकार राख्ने वा यस विषयमा स्थानिय तहमा काम गर्ने चाहाना वा ईच्छा भएकाहरुका लागी लक्षित गरि स्थानिय तहमा आवश्यक जनशक्ति तयार गर्नु हो ।यस सम्बन्धमा स्थानिय तहमा नै यस प्रकारका जनशक्ति उपलब्ध भएमा वास्तविक समस्या पहिचानका साथै समाधानका पनि प्रभावकारी ढंगले हुन सक्दछ र बाल न्याय प्रणाली तथा बाल अधिकार संरक्षण र कार्यान्वयन गर्न मद्दत पु¥याउनु समेत रहेको छ ।

सत्रको लक्ष्य

  • बाल न्यायसम्बन्धी अवधारणागत पक्षहरु बारेमा जानकारी गराउने,
  • बाल न्यायको आवश्यकताबारे जानकारी गराउने,
  • बाल न्याय र फौजदारी न्यायबीचको आधारभूत भिन्नताका बारेमा जानकारी गराउने,
  • बाल न्यायका सम्बन्धमा विभिन्न मुलुकहरुले अबलम्बन गरेका मूलभूत व्यवस्थाहरु बारे जानकारी गराउने,
  • बाल न्यायको सन्दर्भमा बालबालिकाको वर्तमान अवस्थाबारे जानकारी गराउने।

सत्रको उद्देश्य र सहभागीहरुले प्राप्त गर्ने उपलब्धी

  • सत्रको उद्देश्य र सहभागीहरुले प्राप्त गर्ने उपलब्धी
  • बाल न्यायसम्बन्धी आधारभूत सिद्धान्त र अवधारणागत पक्षहरुबारे थाहा पाउँनेछन्,
  • बाल न्याय र फौजदारी न्यायको फरक छुट्याउन सक्नेछन्,
  • बाल न्यायमा संलग्न सरोकारवालाहरुको भूमिकाबारे बुझ्न सक्नेछन्,
  • बाल न्यायका सम्बन्धमा भएका उन्नत अभ्यासहरुका बारेमा बताउन सक्नेछन् ,
  • बाल न्यायको सन्दर्भमा बालबालिकाको वर्तमान अवस्था बारेमा बताउने सक्नेछन्।

सत्र सञ्चालनको स्वरुप र समेट्नुपर्ने विषयहरु

  • सत्र सञ्चालनको स्वरुप र समेट्नुपर्ने विषयहरु
  • बाल न्यायसम्बन्धी आधारभूत सिद्धान्त र अवधारणागत पक्षहरुबारे थाहा पाउँनेछन्,
  • बाल न्याय र फौजदारी न्यायको फरक छुट्याउन सक्नेछन्,
  • बाल न्यायमा संलग्न सरोकारवालाहरुको भूमिकाबारे बुझ्न सक्नेछन्,
  • बाल न्यायका सम्बन्धमा भएका उन्नत अभ्यासहरुका बारेमा बताउन सक्नेछन् ,
  • बाल न्यायको सन्दर्भमा बालबालिकाको वर्तमान अवस्था बारेमा बताउने सक्नेछन्।

क्र.सं. बिषयवस्तु मुख्य सामाग्री सन्दर्भ सामाग्री

बाल न्यायको अवधारणा, विकास र आवश्यकता

  • बाल न्याय प्रणाली र फौजदारी न्याय प्रणालीबीच भिन्नता
  • बाल न्याय प्रणालीको प्रकृति र विशेषता
  • बाल न्याय प्रणालीका सिद्धान्त र मोडेलहरु
  • अपराध, बालबिज्याँई र कानूनको विवादको बीचमा रहेको भिन्नता (कसूरजन्य कार्य)
  • कसूरदार र कानूनको विवादमा परेका बालबालिकाबीच भिन्नता
नेपालको संविधानको धारा ३९ नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्

बाल न्यायसँग सम्बन्धित सरोकारवालाहरुको भूमिका 

  • अनुसन्धान अधिकारी
  • अभियोजनकर्ता 
  • न्यायाधीश
  • कानून व्यबसायी÷वैतानिक कानून व्यवसायी
  • अदालका अधिकृत तथा कर्मचारी
  • अभिभावक तथा संरक्षक 
  • समाजसेवी
  • बाल मनोविज्ञ
  • नागरिक समाज 
  • बाल कल्याण अधिकारी
  • स्थानीय न्यायिक समिति
  • राष्ट्रिय बालअधिकार परिषद्
बाल न्यायसम्बन्धी स्रोत सामग्री, २०७७ राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपाल बाल न्यायसँग सम्बन्धित सरोकारवालाहरुको भूमिका विषयमा श्री पारस पौडेलज्यूले तयार गर्नु भएको पावरप्वाईन्ट प्रिजेन्टेशन

बालबालिकाको वर्तमान स्थिति

  • अदालतमा विचाराधीन विवादका संख्या र किसिमहरु
  • सुधारगृहका संख्या र बालबालिकाहरु 
  • बालबालिकासम्बन्धी केही सूचक वा स्थिति